AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौं फनपार्कलाई कर तिर्न महानगरले दिएको अल्टिमेटम सकिँदै

काठमाडौं फनपार्कलाई कर तिर्न महानगरले दिएको अल्टिमेटम सकिँदै

  • बिहिबार, भदौ १६, २०७९
काठमाडौं फनपार्कलाई कर तिर्न महानगरले दिएको अल्टिमेटम सकिँदै

काठमाडौं – काठमाडौं महानगरपालिकाले कर तिर्नका लागि काठमाडौं फनपार्कलाई दिएको समय आज सकिँदै छ ।महानगरले बुधबार काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न दिएकाे अल्टिमेटम आज सकिन लागेकाे हाे ।

काठमाडौं फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरेको भन्दै महानगरले पत्र पठाएको थियो । राजस्व विभाग प्रमुख शिवराज अधिकारीले पठाएकाे पत्रमा भनिएको छ, ‘पटकपटक ताकेता गर्दा पनि कर नबुझाइएकाले २४ घण्टाभित्र व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन र मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभागमा बुझाउन अनुरोध छ ।’

तोकिएको समयभित्र सम्पूर्ण कर नबुझाएमा फनपार्क सिलबन्दी गरि तिर्नुपर्ने राजस्व सरकारी बाँकी सरह असुलउपर गरिने महानगरले चेतावनी दिएको छ ।

पछिल्लो समय काठमाडौं महानगले काठमाडौं उपत्यकामा अनुमति बेगर बनेका संरचना हटाउने, ट्राफिक व्यवस्थापन लगायतका काममा सक्रियता देखाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार