AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • निलम्बित प्रधानन्यायाधीश जबरासँग आइतबार फेरि बयान लिइने

निलम्बित प्रधानन्यायाधीश जबरासँग आइतबार फेरि बयान लिइने

  • बिहिबार, भदौ १६, २०७९
निलम्बित प्रधानन्यायाधीश जबरासँग आइतबार फेरि बयान लिइने

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । उनलाई आज ११ बजे महाअभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरवारमा बोलाएको थियो ।

समितिका सदस्यहरुले आज उनलाई दुईवटा प्रश्न सोधेका थिए । योसहित ४३ मध्ये ६ वटा प्रश्न सोधिएको छ । समितिले १९ भदौ आइतबार बिहान ११ बजे उनलाई बयानका लागि बोलाएको छ ।

बुधबारबाट उनको बयान सुरु गरिएको हो । गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो ।

बयानका क्रममा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार