AarthikBikash
शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • राजनीति
  • गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र होः देउवा

गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र होः देउवा

  • शुक्रबार, भदौ २४, २०७९
गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र होः देउवा

चितवन – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र भएको बताएका छन्। १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले सो कुरा बताएका हुन्।

कांग्रेसका कतिपय नेताहरुले गठबन्धन गर्नु ठिक नभएको प्रतिक्रिया दिँदै आएको बेला नेता देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन्। यसबारेमा देउवाले भने, ‘गठबन्धनलाई बचाएर लैजान आवश्यक छ। गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो।’

गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको र कांग्रेसका नेता–कार्यकर्ताहरू डरले थरर हुने गरेको उनले स्मरण गराए। देउवाले भने, ‘सबैले ओली हटाउनुपर्छ भनेको हो नि। गठबन्धन गरेर नै हटाएर आज के भयो। पहिले केही थिएन। अहिले सरकार हाम्रो नेतृत्वमा छ। मुख्यमन्त्रीहरू पनि हाम्रा छन्। यहीँकै मान्छे मन्त्री बने। यो त भोलि पनि हुन्छ नि।’

 

Facebook Comments

सम्बन्धित समाचार