AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • दार्चुलामा बाढीपहिरोका कारण ५ जनाको मृत्यु, एकै परिवारका चार जना बेपत्ता

दार्चुलामा बाढीपहिरोका कारण ५ जनाको मृत्यु, एकै परिवारका चार जना बेपत्ता

  • शनिबार, भदौ २५, २०७९
दार्चुलामा बाढीपहिरोका कारण ५ जनाको मृत्यु, एकै परिवारका चार जना बेपत्ता

काठमाडौं – गएरातिदेखि परेको अविरल बर्षाको कारण दार्चुलाको सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढी र पहिरोमा परि अहिलेसम्म ५ जनाको मृत्यु भएको छ।

मृत भेटिनेमा ७७ वर्षीय नन्दराम बोहरा, ६८ वर्षीय मोहनराज पार्की, ३० वर्षीया जानकी ठगुना, १२ वर्षीया धनौली ठगुन्ना र एक जनाको परिचय खुलेको छैन ।

महाकाली नदी र लस्कु नदीमा आएको बाढीले महाकाली नगरपालिका वडा नम्बर २, ३ र ४ का ११ घर बगाउनुका ४ जना बेपत्ता भएका छन्। बेपत्ता हुने सबै एकै परिवारको रहेको खुलेको छ ।

बाढीले एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको छ । हाल घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार