AarthikBikash
शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति भण्डारीले गरिन् नागरिकताबाहेक ५ विधेयक प्रमाणीकरण

राष्ट्रपति भण्डारीले गरिन् नागरिकताबाहेक ५ विधेयक प्रमाणीकरण

  • मङ्लबार, भदौ २८, २०७९
राष्ट्रपति भण्डारीले गरिन् नागरिकताबाहेक ५ विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । आफूसमक्ष प्रमाणीकरणका लागि आएका पाँच विधेयकलाई प्रमाणीकरण गरेकी उनले नागरिकता विधेयकलाई भने प्रमाणीकरण गरेकी छैनन् ।

संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएका पाँच विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका  प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनका अनुुसार मंगलबार प्रमाणीकरण गरिएका विधेयकहरुमा तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

तर, दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयकलाई भने राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् ।

Avatar

Facebook Comments

सम्बन्धित समाचार