AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पछिल्लो २४ घण्टामा १ हजार ५१ जना डेंगु संक्रमित थपिए

पछिल्लो २४ घण्टामा १ हजार ५१ जना डेंगु संक्रमित थपिए

  • सोमवार, अशोज १०, २०७९
पछिल्लो २४ घण्टामा १ हजार ५१ जना डेंगु संक्रमित थपिए

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५१ जना डेंगुका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ। यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो।

नेपालमा हालसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको छ। लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ।

Facebook Comments

सम्बन्धित समाचार