AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

  • शनिबार, अशोज २२, २०७९
जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं – जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । घटनामा दुई जना बेपत्ता छन् ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार पहिरोमा परि मृत्यु हुनेमा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा र उनीहरुका छोराहरु अनमोल र मिलन छन् । सुरेन्द्र हमाल र गणेश बहादुर शाही बेपत्ता छन् ।

आज बिहान करिब ३–४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए । पहिरोमा परि गम्भीर अवस्थामा रहेका दुई जनालाई उद्धार गरिएको केशरीले जानकारी दिए ।

गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार