AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्रीको तयारी

जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्रीको तयारी

  • मङ्लबार, अशोज २५, २०७९
जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्रीको तयारी

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन्। सत्ता गठबन्धनमा रहेको जसपाले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले हटाउने तयारी गरेका हुन्।

जसपाले मंसिर ४ गते हुने चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ। जसपाले एमालेसँग तालमेल गरेर १७ सिट पाएको छ। सत्ता गठबन्धनमा रहेको दलले प्रतिपक्ष दलसँग तालमेल गरेपछि प्रधानमन्त्री देउवाले सत्तारुढ दलका नेताहरुसँग छलफल अघि बढाएका छन्। गठबन्धनका दलहरुले पनि जसपालाई सरकारबाट हटाउनुपर्नेमा जोड दिएका छन्।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमत्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंह छन्।

 

Facebook Comments

सम्बन्धित समाचार