काठमाडौं – सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट सुरु हुँदैछ ।
सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रबिधि प्रयोग गरी सुरुङ खन्न लागिएको हो । भेरी–बबई डाईभर्सनको सुरुङ पनि यही प्रविधिवाट खनिएको हो । मरिन खोलवाट टनेल खन्न सुरु गरिदैँछ । ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजवाट टनेलका लागि तालिका बनाएको छ ।
मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने र तथा ३१–७ मेगावाट बिजुली पनि उत्पादन हुनेछन । सुनकोशी नदिको पानी तराई मधेसका जिल्लामा सो पानी सिंचाई गरिनेछ ।
सो आयोजनाको उदघाटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।