काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेकालेबोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको हो ।
बोर्डका अनुसारउत्तर पुस्तिका परीक्षणको काम सकिएको छ भने इन्ट्री रुजुको काम भइरहेको छ ।
त्यसैले सकेसम्म असारको पहिलो हप्ता नभए दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाइएको छ।
कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो । परीक्षामा कुल चार लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए ।