AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

  • आइतवार, अशोज ३०, २०७९
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

काठमाडौं – संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिँदै थियो ।

अस्पताल स्रोतका अनुसार उपचाररत जोशीको स्वास्थ्य अवस्था शुक्रबार जटिल बनेको थियो । जोशीलाई बिहीबारदेखि नै धेरै अक्सिजन दिनुपरेको थियो भने मुटुको चालमा पनि समस्या रहेको थियो । पछिल्लो पटक उनलाई डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सो पनि दीर्घरोगी थिए ।

पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा निवासी सँस्कृतिविद जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् ।

उनलाई २०७९ को संविधान दिवसको अवसरमा सरकारले ‘राष्ट्र गौरव’बाट मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार