AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • यस वर्ष भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा

यस वर्ष भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा

  • बुधबार, कार्तिक २, २०७९
यस वर्ष भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत १० कात्तिक बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार  यमद्वितीय भाइटीका (किजापूजा)को उत्तक साइत कात्तिक १० गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

५ कात्तिक शनिबार यमदीपदान, धन्तेरस, ६ कात्तिक आइतबार काग तिहार र धन्वन्तरी जयन्ती, ७ कात्तिक कुकुर तिहार र लक्ष्मी पूजा, ८ कात्तिक गाईपूजा, ९ कात्तिकमा गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, म्हपूजा, गोरूपूजा र नेपाल सम्वत् ११४३ प्रारम्भ हुने समितिले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार