AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • विश्व
  • बेलायतकी प्रधानमन्त्रीले ४५ दिनमै दिइन् राजीनामा

बेलायतकी प्रधानमन्त्रीले ४५ दिनमै दिइन् राजीनामा

  • बिहिबार, कार्तिक ३, २०७९
बेलायतकी प्रधानमन्त्रीले ४५ दिनमै दिइन् राजीनामा

एजेन्सी – बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री बनेको ४५ दिनमै बिहीबार प्रधानमन्त्री ट्रसले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ ।

आफू जुन म्यान्डेटका साथ प्रधानमन्त्री बनेको हो त्यो पूरा गर्न नसक्ने भएपछि आफूले राजीनामा दिएको प्रधानमन्त्री ट्रसले बताएकी छन् । बिहीबार पत्रकारहरुसँग बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘मलाई लाग्छ कि, जुन अवस्थामा कन्जर्भेटिभ पार्टीले, जुन म्यान्डेटका साथ मलाई प्रधानमन्त्रीमा चुनेको थियो, त्यसलाई म पूरा गर्न सक्दिनँ ।’

आफूले कन्जर्भेटिभ पार्टीको प्रमुखबाट पनि राजीनामा दिने उनले बताएकी छन् । यसबारेमा राजा चाल्र्सलाई पनि जानकारी गराइसकेको उनले बताइन् । यद्यपि, उनी नयाँ प्रधानमन्त्री चयन नभएसम्मका लागि पदमा रहनेछिन् । उनी केबल ४५ दिन प्रधानमन्त्री पदमा रहिन् ।

उनी बेलायतको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन् । लिज ट्रसअघि दुई महिला मार्गरेट थ्याचर र टरिजा मे यूकेको प्रधानमन्त्री बनेका थिए । कन्जर्भेटिभ पार्टीमा उनीसँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनकलाई पछि पार्दै डेढ महिना अघि लिज ट्रस प्रधानमन्त्री बनेकी थिइन् । उनले ५७ प्रतिशत मत पाउँदा सुनकले ४३ प्रतिशत मात्र मत पाएका थिए ।

यो बेलायती प्रधानमन्त्रीको अहिलेसम्मकै सबैभन्दा छोटो कार्यकाल हो । उनीपछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जस्को सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए ।

तत्कालीन अर्थमन्त्री कवासी क्वारटेङले गत २३ सेप्टेम्बरमा मिनी बजेट भनेर ल्याएको सरकारको योजनाले वित्तिय बजारमा उथलपुथल ल्याइदिएपछि नै लिज ट्रसको राजनीतिक समस्याहरू शुरु भएका थिए । त्यसबेला यता उनको कन्जरभेटिभ पार्टी भित्र उत्पन्न असन्तोषले पार्टीभर नै आक्रोशको रुप लिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार