AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारले न्यायालयको हुर्मत लियो : ओली

सरकारले न्यायालयको हुर्मत लियो : ओली

  • शनिबार, कार्तिक ५, २०७९
सरकारले न्यायालयको हुर्मत लियो : ओली

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाएका छन् ।

एमाले ललितपुरको नेपाल संवाद र तिहारको शुभकामन दिन शनिबार आयोजित कार्यक्रममा उनले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वइच्छाचारी व्यवहार देखाएको बताएका हुन् । उनले अहिलेका जस्तो अवस्था पञ्चायत कालमा समेत नभएको उनले दाबी गरे ।

कार्यक्रममा उनले प्रधानन्यायाधीशलाई घरमा थुनेकेको मात्रै होइन उनका छोरी बुहारी र भतिजीहरुलाई समेत घरबाट निस्कन नदिएको र निस्किए हिरासतमा लिने गरेको आरोप लगाए ।

उनले भने, ‘यी सबै व्यवस्थाको अत्यका लागि ४ मंसिरको निर्वाचनबाट स्थायित्व दिने सरकार चयन हुनुपर्छ । देश हार्ने या जित्ने यही दिन निर्णय हुन्छ ।’ उनले यो निर्वाचन सार्थक निर्वाचन हुने विश्वास व्यक्त गरे । उनले कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुलाई पनि स्वागत गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार