AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • विश्व
  • सी तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

सी तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

  • आइतवार, कार्तिक ६, २०७९
सी तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी – सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भएका हुन् ।

सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।

एक दशकदेखि सत्तामा रहेका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । उनी अब माओत्सेतुङसँग बराबर भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि तेस्रो पटक कुनै नेता सत्तामा आउन सकेनन् ।

सीले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् । सी जिनपिङको टोलीमा ली कियांग, शाओ लेजी, वाङ हुनिङ, काई के डिंग शेशियांग र ली शी समावेश छन् जसमध्ये ली कियांगलाई नयाँ प्रधानमन्त्री बनाइएको छ । उनले ली केकियांगको स्थान ओगटेका छन् ।

पार्टीको नेतामा निर्वाचित भएपछि सी जिनपिङले आफ्नो सम्बोधनमा भने, ‘ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद।’ उनले मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अघि बढ्ने बताए ।

Facebook Comments

सम्बन्धित समाचार