mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ १९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • ऋषि सुनक औपचारिक रूपमा बने ब्रिटिश प्रधानमन्त्री

ऋषि सुनक औपचारिक रूपमा बने ब्रिटिश प्रधानमन्त्री

  • मङ्लबार, कार्तिक ८, २०७९
ऋषि सुनक औपचारिक रूपमा बने ब्रिटिश प्रधानमन्त्री

काठमाडौं – ऋषि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्री बनेका छन्।

राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बनेका हुन्।  उनी यूकेका पहिलो ब्रिटिश-एशियाली प्रधानमन्त्री हुन्।

उनी यस वर्षका त्यहाँका तेस्रो प्रधानमन्त्री हुन्।  दुई शताब्दीको अवधिमा ४२ वर्षीय उनी सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा डाउनिङ स्ट्रीट प्रवेश गर्दैछन्।

ब्रिटेनमा यसअघि देखिएको राजनीतिक र आर्थिक भद्रगोलपछि उनी स्थिरताको बाचासहित पद सम्हाल्न लागेका हुन्।त्यससँगै निवर्तमान प्रधानमन्त्री लिज ट्रस आधिकारिक रूपमा बेलायतको इतिहासमा सबैभन्दा छोटो कार्यभार सम्हाल्ने प्रधानमन्त्री बनेकी छन्।

ट्रसले यसअघि दिएको एक छोटो बिदाइ मन्तव्यमा कर कटौतीको माध्यमबाट आर्थिक अप्ठ्यारा कम गर्ने आफ्नो प्रयासको बचाउ गर्दै नेताहरू साहसी हुनु पर्ने धारणा राखिन्।

यो वर्षको पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि सुनक यसपालि विजयी भएका हुन्। सोमबार टोरी सांसदहरूले कन्जर्भेटिभ दलको नेता चयन गरेपछि सुनकले देशले “गहिरो आर्थिक चुनौती” सामना गरिरहेको बताएका छन्।

उनले लेबर, स्कटिश न्याशनल पार्टी, लिबरल डेमोक्र्याट र ग्रिन पार्टीको आह्वानको बाबजुद पनि प्रारम्भिक आम निर्वाचनलाई अस्वीकार गरेका छन्।

सम्बन्धित समाचार