AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • ‘लौरो’ अभियानको चुनावी घोषणापत्र सार्वजनिक

‘लौरो’ अभियानको चुनावी घोषणापत्र सार्वजनिक

  • आइतवार, कार्तिक २०, २०७९
‘लौरो’ अभियानको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं – आगामी मंसिर ४ गते हुने निर्वाचनमा ‘लौरो’ अभियानमा रहेकाहरूको हाम्रो नेपाली पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। अभियानले अबको विकास दीर्घकालीन निकाशसहित दीर्घकालीन मास्टरप्लान बनाइ १ वर्ष, ५ वर्ष ५० वर्षको योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

सात वटै प्रदेशमा ७ चक्र निर्माण गरी हिमाल, पहाड र तराईलाई जोडेर ७ वटा चक्रपथ तथा अध्यात्मिक मार्ग मनाउने, ७७ जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको अवधारणासहित हरेक सरह र गाउँलाई एक स्वर्गको बगैँचा बनाउने उल्लेख गरेका छन्।

अभियानले कैलाश पर्वतदेखि स्वर्गद्धारीसम्म जाने बाटो, स्वार्गद्धारीदेखि सगरमाथासम्म स्वर्गको बाटे र सगरमाथादेखि कञ्चनगंगासम्म स्वर्गपछिको बाटोमा केबलकार घोडा र पदमार्ग बनाउने उद्घोष गरेको छ।  नुनदेखि सुनसम्म, सियोदेखि रकेटसम्म नेपालमै उत्पादन गरी विश्वबजारमा उत्कृष्ट पहिचान बनाउने घोषणा गरेका छन्।

त्यस्तै, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने र जन्मकैदको व्यवस्था गर्ने, बलात्कारीलाई केमिकल क्यारेस्टे्रन गरी नपुंसक बनाउने कानून ल्याउने अभियानले बताएको छ।

सुमन सायमी संयोजक रहेको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ का उम्मेदवारहरु संगठितरूपमै मंसिर ४ को चुनावी मैदानमा उत्रिएका हुन्।

lauro ghosana_compressed

 

Facebook Comments

सम्बन्धित समाचार