AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • महाकाली नदीमा पुल बनाउने प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री

महाकाली नदीमा पुल बनाउने प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री

  • बुधबार, कार्तिक ३०, २०७९
महाकाली नदीमा पुल बनाउने प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री

बैतडी। प्रधानमन्त्री एवं कांग्रेस सभापतl शेरबहादुर देउवाले बैतडीका तल्लो स्वराडको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उग्रतारा मेलौली सडकखण्डलाई पूर्णता दिने र पञ्चेश्वर बहुदेश्यीय परियोजना अगाडी बढाउन भारतसँ समन्वय गर्ने बताए ।

भारतसँग सिमाना जोडिएको तल्लो स्वराडमा महाकाली नदीमा पुल निर्माणको काम पनि अघि बढाउने उनले बताए । ‘महाकालीमा झोलुङ्गे पूल निर्माणको लागि तल्लो स्वराड बासीको आग्रह छ, यो प्रक्रिया अगाढी बढाउछौँ,’ प्रधानमन्त्री देउवाले भने ।

थुप्रै सम्भावना बोकेको क्षेत्र भएकाले यहाँको विकासको लागि बैतडीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले यहाको विकासको लागि प्राथमिकतामा राख्नु पर्ने पनि प्रधानमन्त्री देउवाले बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभामा बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्र कुवँर र प्रदेश सभा (ख)मा शिवराज भट्टनै सक्षम नेतृत्व रहेकाले उनीहरूलाई विजयी गराउन अपिल गरे ।

Facebook Comments

सम्बन्धित समाचार