AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • खेलकुद
  • विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्न अतिरिक्त शुल्क तिर्नैपर्ने

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्न अतिरिक्त शुल्क तिर्नैपर्ने

  • बुधबार, कार्तिक ३०, २०७९
विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्न अतिरिक्त शुल्क तिर्नैपर्ने

काठमाडौं – सर्वोच्च अदालतले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दर्शकसँग अतिरिक्त शुल्क लिन रोक लगाउने गरी यसअघि जारी अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ।

न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश गरेको हो ।

सर्वोच्चको यो आदेशसँगै मिडिया हब प्रालिलाई विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणबापत दर्शकसँग अतिरिक्त पाँच सय शुल्क लिने बाटो खुलेको छ ।

अधिवक्ता किशोर पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । उनले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा दर्शकसँग अतिरिक्त शुल्क लिन नमिल्ने जिकिर गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार