AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • कर्णाली नदीमा डाेजर खस्दा २ जनाकाे मृत्यु, ३ बेपत्ता ३ गम्भीर घाइते

कर्णाली नदीमा डाेजर खस्दा २ जनाकाे मृत्यु, ३ बेपत्ता ३ गम्भीर घाइते

  • आइतवार, मंसिर २५, २०७९
कर्णाली नदीमा डाेजर खस्दा २ जनाकाे मृत्यु, ३ बेपत्ता ३ गम्भीर घाइते

कालिकोट –कर्णाली करिडोर स्थित रेगिल सडकखण्डमा स्काई भेटर डाेजर पल्टिदा २ जनाकाे मृत्यु भएकाे छ । फुकाेट कर्णाली हाइड्रो पावरकाे सुरूङ मार्गमा काम गर्दै गरेकाे डाेजर कर्णाली नदिमा खसेकाे हाे ।

दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते छन् । ३ जना नदिमा बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । डोजर दुर्घटनामा सान्नित्रिबेणी १ का अन्दाजी १७ बर्षका चरित्र बिक र सान्नित्रिबेणी १ का अन्दाजि १४ बर्षका युवाराज बुढको मृत्यु भएको छ । दुर्घटनामा परी सान्नित्रिबेणी १ कै नर गीरीका छोरा उमेस गीरी , सान्नित्रिबेणी १ का रक्तिम बिक अछाम घरभई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन ।

डोजरमा रहेका रास्कोट नगरपालिका ७ का मिलन शाही गम्भीर घाइते छन् । घाइतेरूकाे जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेकाे छ । बेपत्ताकाे खाेजि कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय का प्रवक्ता सुभराज बमले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार