AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

  • बिहिबार, पुस ७, २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

काठमाडौं-काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेको छ ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सके पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ,” उनले भने ।

मौसममा सुधार आएपछि नियमित रूपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए ।

Facebook Comments

सम्बन्धित समाचार