AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले लिए शपथ

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले लिए शपथ

  • बिहिबार, पुस ७, २०७९
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले लिए शपथ

काठमाडौं-नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिएका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गाेपनीयताकाे शपथ गराएकी थिइन् ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार