AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्र बैंकको चालू पूँजी कर्जा मार्गदर्शन संशोधन

राष्ट्र बैंकको चालू पूँजी कर्जा मार्गदर्शन संशोधन

  • बुधबार, पुस २०, २०७९
राष्ट्र बैंकको चालू पूँजी कर्जा मार्गदर्शन संशोधन

काठमाडौं-नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ । भर्चुअल माध्मयममार्फत् पत्रकार सम्मेलन गर्दै राष्ट्र बैंकले मार्गदर्शन संशोधन गरेको हो ।

संशोधित मर्गदर्शनअनुसार १ करोडभन्दा तलको चालू पूँजी कर्जाको हकमा मार्गदर्शन लागू हुँदैन । त्यस्तै २ करोडभन्दा माथिका कर्जाको हकमा मागर्दशन लागू हुने व्यवस्था गरिएको छ । उक्त मार्गदर्शन राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू गराएको थियो ।

यस्तै बैंक तथा वित्तीय संस्थाले स्थिर चालुपूँजी कर्जा ‘परमानेन्ट वर्किङ क्यापिटल’ को लागि ५ वर्ष भन्दा माथिको आवाधिक कर्जा प्रदान गर्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै ३ देखि १० वर्षको आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार