AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • संविधानले तोकेकाेभन्दा बढी मन्त्रालय नहुने

संविधानले तोकेकाेभन्दा बढी मन्त्रालय नहुने

  • बुधबार, पुस २०, २०७९
संविधानले तोकेकाेभन्दा बढी मन्त्रालय नहुने

काठमाडौं-संविधानमा व्यवस्था भएको भन्दा बढी मन्त्रालय नबनाइने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । विभिन्न सञ्चारमाध्यममा मन्त्रालय फुटाएर संख्या बढाउन लागिएको आशयसहितको समाचार आएको प्रति ध्यानाकर्षण भएको जनाउँदै सचिवालयले यस्तो जनाएको छ ।

संवैधानिक व्यवस्थाअनुसार मन्त्रालयको संख्या कुनै हालतमा नबढाइने र जम्बो मन्त्रिपरिषद्को पनि आवश्यकता नभएको सचिवालयको भनाइ छ । सात दलीय सत्ता गठबन्धनमा भागबण्डा मिलाउनको लागि मन्त्रालयको संख्या बढाउन नहुनेमा सरकार सचेत रहेको सचिवालयको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार