AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले १८ हजार कर्मचारी कटौती गर्ने

अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले १८ हजार कर्मचारी कटौती गर्ने

  • बिहिबार, पुस २१, २०७९
अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले १८ हजार कर्मचारी कटौती गर्ने

काठमाडौं-अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले १८ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । आर्थिक मन्दीका कारण खर्च कटौती गर्ने योजनामा रहेको कम्पनीले १८ हजार जनालाई बिदा गर्ने बताएको हो ।

कम्पनीका प्रमुख कार्यकारी एण्डी ज्यासीले कम्पनीका तीन लाख कर्मचारी मध्ये ६ प्रतिशत अर्थात १८ हजार रोजगारी कटौती गर्ने बताएका हुन । यही जनवरी १८ सम्ममा कटौतीमा पर्ने कर्मचारीहरुलाई सूचित गरिसक्ने पनि उनले बताएका छन् ।

कहाँ कार्यरत कर्मचारीहरु कटौतीमा पर्नेछन भन्ने नखुलाएइए पनि अमेजनको स्टोर, जनसम्पर्क र प्राविधिक क्षेत्र बढी प्रभावित हुने प्रमुख कार्यकारी ज्यासीको भनाइ छ ।

मन्दीको संकेत देखिएपछि कर्मचारी भर्ना र गोदामहरुको विस्तार रोकेको अमेजनले थुप्रै नयाँ योजनाहरु पनि स्थगित गरेको छ । अमेरिकालगायत विश्वका ठूला अर्थतन्त्रहरु समस्यामा पर्न थालिसकको अवस्थामा ठूला बहुराष्ट्रिय कम्पनीहरुले पनि खर्च कटौती सुरू गरेका हुन ।

Facebook Comments

सम्बन्धित समाचार