AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आयल निगमले घटायो इन्धनको मूल्य

आयल निगमले घटायो इन्धनको मूल्य

  • आइतवार, पुस २४, २०७९
आयल निगमले घटायो इन्धनको मूल्य

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।

निगमले आज राति १२ देखि लागू हुने गरी इन्धनको मूल्य घटेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ । यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

मूल्य घटाउन निर्देशन दिन दिउँसो साढे ३ बजे प्रधानमन्त्री प्रचण्डले निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएका थिए ।

४ दिन अघि प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि आयल निगमले अझै मूल्य नघटाएपछि कार्यकारी निर्देशक थानीलाई नै बोलाएर निर्देशन दिएको बताइन्छ । त्यसपछि निगम सञ्चालक समितिको बैठक बसेर मूल्य घटाउने निर्णय गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार