AarthikBikash
मङ्लबार, जेष्ठ १२, २०८३
  • होमपेज
  • राजनीति
  • गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले शुक्रबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले शुक्रबार विश्वासको मत लिने

  • बिहिबार, पुस २८, २०७९
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले शुक्रबार विश्वासको मत लिने

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोलि शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का २ र स्वतन्त्र सांसद राजीव गुरुङसहित ३३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका अधिकारीले शुक्रबार बस्ने गण्डकी प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन्।

अधिकारी संविधानको धारा १६८ (२) अनुसार पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका छन्। अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्री अधिकारीले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई भेटेर विश्वासको मत माग्ने तयारी समेत गरेका छन्।

सम्बन्धित समाचार