AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर छ : पर्यटन मन्त्री

नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर छ : पर्यटन मन्त्री

  • बिहिबार, माघ ५, २०७९
नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर छ : पर्यटन मन्त्री

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउँदै यस्तो बताएका हुन्।

मन्त्री किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताए ।

पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली कांग्रेसले माग गरेसँगै सरकारको तर्फबाट जानकारी गराउँदै उहाँले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका हुन् ।

मन्त्री किराँतीले गत माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको बताउनुभयो । उहाँले अझै एक जना शिशुको शव खोजि कार्य जारी रहेको जानकारी दिए ।

उहाँले सरकारले खोजी कार्यमा नेपाल प्रहरी, नेपाल आर्मी, नेपाल सशस्त्र प्रहरी बल लगायतका निकाय खोजि कार्यमा निरन्तर लागेको बताए।

Facebook Comments

सम्बन्धित समाचार