AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • तिलगंगालाई विश्वविद्यालय बनाउने प्रधानमन्त्री प्रचण्डकाे प्रतिवद्धता

तिलगंगालाई विश्वविद्यालय बनाउने प्रधानमन्त्री प्रचण्डकाे प्रतिवद्धता

  • शनिबार, माघ ७, २०७९
तिलगंगालाई विश्वविद्यालय बनाउने प्रधानमन्त्री प्रचण्डकाे प्रतिवद्धता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई डा.सन्दुक रूइतले भेटेका छन्।

शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर डा.रूइतले प्रधानमन्त्री प्रचण्डलाई भेटेको उनको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले तिलगंगा आँखा केन्द्रलाई मानिक (मानित) विश्वविद्यालयको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

रूइतले यसबारेमा चासो राखेपछि उनले प्रतिबद्धता जनाएको सचिवालयले जनाएको छ।  ‘मानिक (मानित) विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ,’ उनले भने, ‘यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ।’

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मानवीय सेवाका लागि डा.रूइतले हालै बहराइन सरकारले प्रदान हुँदै आएको ‘इशा अवार्ड’को लागि बधाई दिँदै यो सम्मानले नेपालको शिर उँचो राखेको बताए।

‘यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘मानवीय सेवाका लागि तपाईंको योगदानको कदर देशकै कदर हो।’

प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे। भेटका अवसरमा डा. रूइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमूना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधी उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गरे।

Facebook Comments

सम्बन्धित समाचार