AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही गर्ने प्रहरीको चेतावनी

बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही गर्ने प्रहरीको चेतावनी

  • बुधबार, माघ ११, २०७९
बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं-प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले अब त्यस्तो नगर्न चेतावनी दिएको हो ।

‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’ सूचनामा भनिएको छ । पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने प्रहरीको भनाई छ ।

Facebook Comments

सम्बन्धित समाचार