AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बने रवि लामिछाने

फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बने रवि लामिछाने

  • आइतवार, माघ १५, २०७९
फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बने रवि लामिछाने

काठमाडौं-अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रवि लामिछानेलाई सभापतिको जिम्मेवारी दिने राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेको छ ।

गत शुक्रबार सर्वाेच्च अदालतले पुनः प्रक्रिया पु¥याएर नेपाली नागरिकताको प्रमाणपत्र नलिएको भन्दै लामिछानेको सांसद र उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेसँगै पार्टी सभापतिबाट अगल भएका थिए ।

तर, आइतबार बिहान कार्यालय खुलेसँगै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएका थिए । निस्सा बुझाएको केही समयमै उनले पुन नेपाली नागरिकताको प्रमाणपत्र लिए ।

यसपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछानेलाई पार्टीको सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार