AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • काठमाडौं आइपुगिन् अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड

काठमाडौं आइपुगिन् अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड

  • आइतवार, माघ १५, २०७९
काठमाडौं आइपुगिन् अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड

काठमाडौं-अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आइपुगेकी छन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

नुल्यान्ड दुई दिन नेपालमा  रहने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार भ्रमणका क्रममा उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नेछिन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नेछिन्।

अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत उनले अवलोकन गर्नेछिन् ।

Facebook Comments

सम्बन्धित समाचार