AarthikBikash
आइतवार, असार २८, २०८३
  • होमपेज
  • खेलकुद
  • क्रिकेटर सन्दीप लामिछाने आजै यूएई जाने

क्रिकेटर सन्दीप लामिछाने आजै यूएई जाने

  • बुधबार, फाल्गुन १७, २०७९
क्रिकेटर सन्दीप लामिछाने आजै यूएई जाने

काठमाडौं-क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने भएका छन्। सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेपछि लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले यूएई पठाउन लागेको हो।

विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन्। सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि उनलाई क्यानले विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा सहभागी गराउन लागेको हो।

यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले एकजनालाई सन्दीपले प्रतिस्थापन गर्ने गरी पठाउने तयारी क्यानको छ।

सम्बन्धित समाचार