AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

  • आइतवार, चैत्र १९, २०७९
भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

काठमाडौं-भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ ।

निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा र डिजेल प्रतिलिटर ६ रुपैयाँ ८२ पैसा घटेर आएको छ । अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजलको १ सय ७५ रुपैयाँ छ ।

भारतबाट धेरै पटक मूल्य घटेर आए पनि निगमले यसअघिको घाटा र ग्यासबाट हुँदै आएको घाटालाई पूर्ति गर्न भन्दै भाउ घटाएको छैन । आईओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गर्दछ ।

Facebook Comments

सम्बन्धित समाचार