AarthikBikash
मङ्लबार, बैशाख ८, २०८३
  • होमपेज
  • समाज
  • आज सोनम ल्होसार पर्व मनाइँदै , देशभर सार्वजनिक बिदा

आज सोनम ल्होसार पर्व मनाइँदै , देशभर सार्वजनिक बिदा

  • सोमवार, माघ ६, २०८२
आज सोनम ल्होसार पर्व मनाइँदै , देशभर सार्वजनिक बिदा

काठमाडौं – तामाङ समुदायले सोमबार सोनम ल्होसार मनाउँदैछ। २८६२ औं ल्होसारमनाइन लागेको हो। पात्रोअनुसार सर्प वर्ष पूरा भई घोडा वर्ष  शुरु भएको हो ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकोअनुसन्धाता टीका शेर्पाले बताए। उनका अनुसार सोनम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ ।

तामाङसहित हिमाली बौद्ध समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षको रूपमा सोनाम ल्होसार मनाउने गर्छन्। नयाँ वर्षको पहिलो दिन घरमा पूजापाठ गरी नयाँ ध्वजा फहराउने, टिका लगाई मान्यजनबाट आशीर्वाद थाप्ने, शुभकामना आदान प्रदान गर्ने तथा तरुल तथा फापरका विभिन्न परिकार खाने चलन छ।

ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौंको टुँडिखेलमा विशेष समारोह गर्दैछ। बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरिएको छ। यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ।

सोनम ल्होसारका अवसरमा सोमबार देशभर सार्वजनिक बिदा छ।

सम्बन्धित समाचार