AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • दोल्ती पावरको आईपीओ बाँडफाँट

दोल्ती पावरको आईपीओ बाँडफाँट

  • आइतवार, चैत्र १९, २०७९
दोल्ती पावरको आईपीओ बाँडफाँट

काठमाडौं-दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियबासीहरुका लागि निष्काशन गरेको आईपिओ बाँडफाँट गरेको हो ।

कम्पनीले फागुन ८ गतेदेखि चैत ७ गतेसम्म आयोजना प्रभावित क्षेत्र दैलेखका स्थानीय बासिन्दाहरुका लागि उक्त आईपीओ जारी गरेको थिए । उक्त आईपीओमा रितपूर्वक आवेदन आवेदकहरूमा बाँडफाँट गरिएको कम्पनीले जनाएकाे छ ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। जसमध्ये कम्पनीले अति प्रभावित क्षेत्र नौमुले र कालिका गा.वि.स मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानिय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

उक्त आईपीओको नतिजा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको वेबसाइटबाट तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको आईपीओ रिजल्टबाट हेर्न सकिन्छ । साथै रितपूर्वक प्राप्त नभएका आवेदकहरुको सेयर वापतको रकम चैत २० गते सोमबारदेखि बैंक खातामा रकमान्तर गरिने पनि कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार