AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • आजबाट नयाँ बसपार्कबाट मात्रै सवारी साधन छुटने, नियम नमाने कारबाही

आजबाट नयाँ बसपार्कबाट मात्रै सवारी साधन छुटने, नियम नमाने कारबाही

  • शुक्रबार, असार १, २०८०
आजबाट नयाँ बसपार्कबाट मात्रै सवारी साधन छुटने, नियम नमाने कारबाही

काठमाडौं – काठमाडौं महानगरपालिकावाट बाहिर जाने सवारी साधन नयाँ बसपार्कवाट मात्रै छुटने भएका छन् ।  काठमाडौं महानगर क्षेत्रभित्रवाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधान नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुटनु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय भएकाे भन्दै महानगरपालिकाले निर्देशन दिएअनुसार आजवाट लागु हुन लागेको हो ।

‘निर्णय कार्यान्बयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गते देखी नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबहाक सवारी साधान सञ्चालन गर्न सुचित गरिन्छ, महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधानको हकमा कलंकी देखी जडिबुटीसम्म सवारी साधान रोक्न निषेष गरिएको छ ।’

महानगरद्धारा जारी सुचना अनुसार सो निर्देशन अनुसार बसपार्कवाट मात्रै सवारी नछुटाएमा कारबाहीसमेत गर्ने जनाएको छ ।

‘सुचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गते देखी ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीवाट नियमानुसार कानुनी कारबाही हुने ब्योहोरा जानकारीका लागि अनुरोध छ ।’

ktm notic1686877880.jpg

Facebook Comments

सम्बन्धित समाचार