AarthikBikash
मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाज
  • आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा

  • आइतवार, असार २४, २०८०
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा

काठमाडौं-आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आइतबार राति देशभर आंशिकदेखि सामान्य रहनेछ। कोशी प्रदेशसहित देशका तराईका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार