AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेससँग मिलेर सरकार गठन गर्न एमाले तयार छः हिक्मत कार्की

कांग्रेससँग मिलेर सरकार गठन गर्न एमाले तयार छः हिक्मत कार्की

  • शुक्रबार, साउन १२, २०८०
कांग्रेससँग मिलेर सरकार गठन गर्न एमाले तयार छः हिक्मत कार्की

विराटनगर – कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने बताए । देशका ठूला दलहरू एमाले र काङ्ग्रेस मिलेर जान सक्ने उनको भनाई छ ।

कार्कीले भने, ‘प्रजातन्त्र, सुशासनका लागि काङ्ग्रेससँग कुरा मिले हामीसँगै सरकार बनाएर जान सक्छौं । हामी ओपन छौं ।’

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्बहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हालेका हुन् ।

 

Facebook Comments

सम्बन्धित समाचार