mega darknetmega darknet
AarthikBikash
शुक्रबार, कार्तिक ८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • भ्रष्टाचार गरेको ठहरसहित चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध मुद्दा दायर

भ्रष्टाचार गरेको ठहरसहित चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध मुद्दा दायर

  • आइतवार, साउन १४, २०८०
भ्रष्टाचार गरेको ठहरसहित चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध मुद्दा दायर

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध १ करोड ४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा आइतबार मुद्दा दर्ता गरेको छ। आयोगले भ्रष्टाचार गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै नापी अधिकृत पुरीविरुद्ध १ करोड चार लाख बढिको भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा नापी अधिकृत पुरीले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५२÷०९÷०९ देखि २०७९ असार सम्मको अवधिमा कमाएकोमध्ये १ करोड ४ लाख ३ हजार ९ सय ४१ रुपैयाँ बराबरको सम्पत्तिको वैधानिक स्रोत खुल्न आएको नदेखिकाले आइतबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

अख्तियारका अनुसार पुरीमाथि सोही रकम बराबरको विगो माग दावी गरिएको छ। पुरीले सार्वजनिक पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गर्नुको साथै अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारको ठहर छ।

पुरीले सरकारी सेवामा रहँदाको करिब २७ वर्षमा १ करोड २० लाख ७७ हजार ७ सय ४८ रुपैयाँ आय गरेको तर सोही अवधिमा २ करोड २४ लाख ८१ हजार ६ सय रुपैयाँ खर्च गरेको पुष्टि भएको अख्तियारले जनाएको छ। व्ययको तुलनामा निजले प्राप्त गरेको रकम अस्वभाविक र वैधानिक स्रोत खुल्न नआएकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख बमोजिम गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत एवं असुल हुनसमेत मागदावी गरिएको प्रवक्ता दाहालको भनाइ छ।

सम्बन्धित समाचार