AarthikBikash
सोमवार, भदौ २४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुदूरपश्चिम सरकारमा जान नागरिक उन्मुक्ति पार्टी सहमत

सुदूरपश्चिम सरकारमा जान नागरिक उन्मुक्ति पार्टी सहमत

  • मङ्लबार, साउन १६, २०८०
सुदूरपश्चिम सरकारमा जान नागरिक उन्मुक्ति पार्टी सहमत

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम सरकारमा जान सहमत भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो ।

नागरिक उन्मुक्तिले कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएको छ । बुधबार नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले यसअघि नै मुख्यमन्त्री शाहलाई मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई शपथ गराउन पत्र पठाएको थियो । उन्मुक्तिले २ मन्त्रालयको दाबी कायमै राखेपछि शपथ रोकिएको थियो ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा, सुदूरपश्चिमका मुख्यमन्त्री श्री कमलबहादुर शाह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री तथा नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, प्रदेश आर्थिक मामिला मन्त्री नरेशबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी सहभागी सहभागी थिए ।

Facebook Comments

सम्बन्धित समाचार