AarthikBikash
मङ्लबार, साउन ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गालेर सकियो तस्करीको सुन, तौल सार्वजनिक गरिँदै

गालेर सकियो तस्करीको सुन, तौल सार्वजनिक गरिँदै

  • मङ्लबार, साउन ३०, २०८०
गालेर सकियो तस्करीको सुन, तौल सार्वजनिक गरिँदै

काठमाडौं-  मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएसँगै ताैल सार्वजनिक

छ ।

मंगलबार बिहान साढे १० बजेबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो । गालिएको सुनको तौल सार्वजनिक गर्ने तयारी भइरहेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

यसअघि सोमबार  ब्रेक सुबाट  छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ ।

भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।

सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सुम्पिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार