AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ भोलि गर्ने निर्णय

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ भोलि गर्ने निर्णय

  • आइतवार, भदौ ३, २०८०
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ भोलि गर्ने निर्णय

काठमाडौं-प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलिदेखि सुरु हुने भएको छ ।

आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले भोलि बिहान साढे ११ बजे श्रेष्ठमाथि संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।

संसदीय सुनुवाइ समितिले सोमबार उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने छ । संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

गत साउन २३ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय राखेर श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो । गत साउन १८ गते संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार