AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • कोशी सरकारविरुद्धको रिटमाथि दोस्रो दिनको बहस सुरू, मतदानको भिडियो फुटेज हेर्ने

कोशी सरकारविरुद्धको रिटमाथि दोस्रो दिनको बहस सुरू, मतदानको भिडियो फुटेज हेर्ने

  • मङ्लबार, भदौ १९, २०८०
कोशी सरकारविरुद्धको रिटमाथि दोस्रो दिनको बहस सुरू, मतदानको भिडियो फुटेज हेर्ने

काठमाडौं – कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस सुरू भएको छ।

सर्वोच्च अदालतको पूर्णइजलासमा सोमबारबाट मुख्यमन्त्री थापाविरुद्धको रिटमा बहस सुरू भएको हो। सोमबार रिटमाथि बहस नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

रिटमाथि सुनुवाइका लागि तीन सदस्यीय पूर्णइजलास गठन गरिएको छ। इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन्।

सोमबार रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, रवि नारायण खनाललगायतले बहस गरेका थिए। आज रिट निवेदकका विपक्षीहरूको तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्।

रिटमा कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ,मुख्यमन्त्री उद्धव थापा, विश्वासको मत लिने दिने प्रदेशसभा बैठकको अध्यक्षता गरेका अध्यक्ष इस्राइल मन्सुरी र गीता तिम्लसिनालाई विपक्षी बनाइएको छ।

भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेश सभाको बैठकको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य मन्सुरीलाई समेत मतदानमा सहभागी गराएर ४७ मत पुर्‍याएर विश्वासको मत लिएका थिए।

मुख्यमन्त्री थापाले प्राप्त गरेको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।

सरकारको वैधानिकताको मुद्दा हेरिरहेको सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो हेर्ने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार