AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • दुवै सदनबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

दुवै सदनबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

  • बिहिबार, भदौ २८, २०८०
दुवै सदनबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं-प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । नेम्वाङको निधनको शोकमा प्रतिनिधिसभासभामा एक मिनेट मौनधारण गरिएको थियो ।

गत मंगलबार हृदयघातबाट निधन भएका नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको निधनप्रति शोक व्यक्त गर्दै सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ ।

उनी संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रियसभा सदस्य रहेका थिए ।

यसअघि बिहीबार नै बसेको राष्ट्रिय सभा बैठकले पनि नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

 

Facebook Comments

सम्बन्धित समाचार