AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • गैरीगाउँ सामूहिक हत्या प्रकरण : रिसीइबीको कारण हत्या, आरोपी ‘बोल्न नसक्ने’

गैरीगाउँ सामूहिक हत्या प्रकरण : रिसीइबीको कारण हत्या, आरोपी ‘बोल्न नसक्ने’

  • आइतवार, भदौ ३१, २०८०
गैरीगाउँ सामूहिक हत्या प्रकरण : रिसीइबीको कारण हत्या, आरोपी ‘बोल्न नसक्ने’

काठमाडौं-काठमाडौंकाे गैरीगाउँस्थित दिव्य सःमिलमा भएकाे एकै परिवार तीनसहित चार जनाको सामुहिक हत्यामा एक युवकको संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सीसीटीभी फुटेजका आधारमा पक्राउ परेका अन्दाजी २१/२२ वर्षका ती युवकले घटना स्वीकार गरेकाे उच्च प्रहरी अधिकारीले जानकारी दिए । उनलाई प्रहरी परिसरको विशेष टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आरोपी बोल्न नसक्ने व्यक्ति रहेकाे र उनी एक्लैले खुकुरी प्रहार गरी चार जनाकाे हत्या गरेकाे अनुसन्धानमा खुलेकाे छ ।

गत शुक्रबार राति भएकाे घटनामा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियाे । साथै, २० बर्षीय नविन राइको पनि हत्या भएको थियाे ।

साे मिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए भने आमा शुभद्रा केही दिनअघि मात्रै श्राद्ध गर्नका लागि काठमाडौं आएकी थिइन् । तर, शुक्रबार राती उनको पनि हत्या भएको थियाे ।

सो घटनामा संलग्नताको आरोपमा दिपेन्द्र राईलाई नियन्त्रणमा लिईएको छ, उनी सो हत्या भए पछि प्रहरीलाई खबर गर्न तीनकुने प्रहरी चौकी पुगेका थिए । तर घटनामा दिपेन्द्रको कुनै संलग्नता नदेखिएको प्रहरीले जनाएको छ ।

मारिएकामध्ये मोरङका नवीनसँग आरोपीको रिसीइबी रहेको र सोहीकारण हत्या गरेको बताएका छन्। अन्य तीन जनाले हत्याबारे जानकारी पाएकाले उनीहरुको पनि हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन्।

Facebook Comments

सम्बन्धित समाचार