AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • आन्दोलनका नाममा कसैमाथि आक्रमण गर्न पाइँदैन : गृहमन्त्री श्रेष्ठ

आन्दोलनका नाममा कसैमाथि आक्रमण गर्न पाइँदैन : गृहमन्त्री श्रेष्ठ

  • सोमवार, अशोज ८, २०८०
आन्दोलनका नाममा कसैमाथि आक्रमण गर्न पाइँदैन : गृहमन्त्री श्रेष्ठ

विराटनगर-उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता हुनु आवश्यक रहेको बताएका छन् ।

सोमबार गृह मन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले आन्दोलनको नाममा कसैलाई हिँडडुलमा अवरोध र आक्रमण गर्न नपाइने बताए ।

कोशी नामकरणको विपक्षमा आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामकरण संघर्ष समितिले विभिन्न राजनीतिक दलका नेताहरुलाई हिँडडुलमा अवरोध गर्दै आएको थियो । गृहमन्त्री श्रेष्ठले नामकरणको विपक्षमा आन्दोलन गर्ने स्वतन्त्रता भए पनि कानुन र संविधान मिच्ने छुट नभएको बताए ।

गृहमन्त्री श्रेष्ठले भने,‘र्‍याली गर्न पाइयो, आमसभा गर्न पाइयो, विचार राख्न पाइयो, लेख लेख्न पाइयो । तर एक ठाउँबाट अर्को ठाउसँमा जान अवरोध उत्पन्न गर्ने वा प्रदेशसभाका सदस्यलाई अवरोध उत्पन्न गर्न पाइँदैन यसमा विचार गर्न सबैलाई म विनम्रतापूर्वक अनुरोध छ।’

आन्दोलनरत पक्षलाई कोशी नाम ठीक भएन अर्को नाम राख्नुपर्छ भनेर जनमत बनाउने अधिकार रहेको तर प्रदेशको नामकरण भने प्रदेशसभाबाटै निर्णय हुने संवैधानिक व्यवस्था रहेको उनले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल धर्म निरपेक्ष राज्य रहेकाले धर्मको नाममा कुनै गलत क्रियाकलाप गर्न नपाइने बताए ।

Facebook Comments

सम्बन्धित समाचार