AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

  • शनिबार, कार्तिक १८, २०८०
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

काठमाडौं- गएराति पश्चिम नेपालमा आएको भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।

त्यस्तै जाजरकोटमा ८१ र रुकुम पश्चिममा ७९ जना घाइते भएका छन्।

Facebook Comments

सम्बन्धित समाचार