AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्न सरकारलाई आयोगको प्रस्ताव

राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्न सरकारलाई आयोगको प्रस्ताव

  • बिहिबार, मंसिर ७, २०८०
राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्न सरकारलाई आयोगको प्रस्ताव

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई आयोगका पदधिकारीले भेटेर उक्त परामर्श दिएका हुन् । प्रधानमन्त्री दाहालले आयोगको सिफारिस गरेकै मितिमा निर्वाचनको हुने बताएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

यसअघि निर्वाचनको आवश्यक तयारी र निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने समय समेतलाई मध्यनजर गरी हुने देखिएकोले २०८० साल माघ महिनाको ११ गते बिहीबारका दिन निर्वाचन गर्ने गरी मिति तोक्न आयोगले सुझाव दिएको थियो।

आयोगले राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुन आउने एक तिहाइ सदस्य पदहरूको प्रत्येक दुई वर्षमा निर्वाचन गर्दै आएको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ (नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य १ र निर्वाचित सदस्य १९ जना) सदस्यको मिति २०८०।११।२० मा पदावधि समाप्त हुने भएकोले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम उक्त मिति भन्दा पैँतिस दिन पहिले नै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको छ।

उक्त ऐन बमोजिम निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोक्ने व्यवस्था रहेको छ । राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा बमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको भइसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार