AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाज
  • द्रुत बस सेवा आजबाट पुन: सुरू हुँदै

द्रुत बस सेवा आजबाट पुन: सुरू हुँदै

  • आइतवार, मंसिर १०, २०८०
द्रुत बस सेवा आजबाट पुन: सुरू हुँदै

काठमाडौं – रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउँदै छ । गत ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा दसै तिहारको बिदामा यात्रुको चाप न्यून भएको, ट्राफिक व्यवस्थापन राम्रो नभएको भन्दै एक महिनामै बन्द गरिएको थियो ।

तर, आजबाट ११ वटा बस थपेर द्रुत बस सेवा पुनः सञ्चालनमा आएको हो । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ भने ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले थप ११ वटासहित पहिलेभन्दा व्यवस्थित तरिकाले द्रुत बस सेवा पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए ।

आजबाट काठमाडौं उपत्यकामा ३६ वटा द्रुत बस सञ्चालनमा आउने छन् । मन्त्री ज्वालाका अनुसार ती बस तीन–तीन मिनेटको फरकमा छुट्ने छन् ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन, यात्रुहरूको जाम कम गर्ने तथा निजी सवारी साधन नभएका नागरिकलाई सार्वजनिक सवारीसाधनमा आकर्षित गर्ने उद्देश्यसहित संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा कात्तिक ४ गतेदेखि स्थगित भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार